मापसे गरेर सवारी चलाएका चालकविरुद्ध अभद्र व्यवहार मुद्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मापसे गरेर सवारी चलाएका चालकविरुद्ध अभद्र व्यवहार मुद्दा


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । मादक पदार्थ सेवन गरेर सार्वजनिक सवारी (टाटा सुमो) चलाएका चालकविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

फर्पिङबाट पक्राउ परेका ना.१ज ८४६९ नम्बरको सुमो चालक ४४ वर्षीय नवराज केसीविरुद्ध अभद्र व्यवहार मुद्दामा कारबाही गर्न प्रहरी वृत्त कीर्तिपुरमा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

ट्राफिक प्रहरीले चेकजाँच गर्दा काभ्रेपलाञ्चोकको पनौती घर भएका केसीले मापसे गरेको फेला परेको थियो । जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर आरोपीलाई कीर्तिपुर प्रहरीको हिरासतमा थुनामा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस