निर्वाचनको समीक्षा गर्न एकीकृत समाजवादीको बैठक जारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्वाचनको समीक्षा गर्न एकीकृत समाजवादीको बैठक जारी


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । आमनिर्वाचनपछि राष्ट्रिय दल बन्न सङ्घर्षरत नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ ।

पार्टी मुख्यालयमा जारी केन्द्रीय सचिवालय बैठकमा ४ मङ्सिरमा सम्पन्न आमनिर्वाचनको परिणामसहितका विषयमा समीक्षा भइरहेको छ ।

राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत राष्ट्रिय दलको मान्यता पाउने गरी नतिजा ल्याउँदा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाउन कटाउनुपर्ने तीन प्रतिशतको थ्रेस होल्ड पार गर्न सङ्घर्षरत छ ।

यही बेला बसेको सचिवालय बैठक चुनावी नतिजा, गठबन्धनको आवश्यकता, नयाँ सरकार गठनसहित शक्ति बाँडफाँटका विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जितेको छ । सम्मानित नेता झलनाथ खनाल, सचिव रामकुमार झाँक्रीसहित केही शीर्ष नेता पराजित भएका छन् । आफू पराजित हुनुमा काँग्रेसबाट धोका भएको खनालले प्रतिक्रिया सार्वजनिक गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस