डोजर आतंक बन्द गर भन्दै महानगर कार्यालयमा सुकुम्बासीको प्रदर्शन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डोजर आतंक बन्द गर भन्दै महानगर कार्यालयमा सुकुम्बासीको प्रदर्शन


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

डोजर आतंक बन्द गर भन्दै महानगरमा पुगेर सुकुम्बासीहरुले कार्यालयमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले बालेन शाह राजीनामा दे , उचित विकल्पसहित व्यवस्थापन गर जस्ता नारा लगाएका छन् ।

उनीहरूले सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गरेका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पटक पटक सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

तर उनीहरूले अटेर गर्दै आएपछि महानगरले समितिको समन्वयमा हिजो डोजर लिएर सुकुम्बासी बस्ती खाली गराउन पुगेको थियो ।सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको थियो । दुई पक्षबीच झडप हुँदा महानगरका १५ जना भन्दा बढी घाइते भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस