यस्तो छ आजको मौसम पूर्वानुमान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ आजको मौसम पूर्वानुमान


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

तराई भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस