समानुपातिकतर्फ ८४ प्रतिशत बढी मतगणना सकियो « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

समानुपातिकतर्फ ८४ प्रतिशत बढी मतगणना सकियो


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ हजार १६४ अर्थात् खसेको मतको ८४.८२ प्रतिशत मतगणना भइसकेको छ।

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख ८ हजार ८५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत अर्थात् एक करोड नौ लाख ७३ हजार २७० मत खसेको थियो।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म १५७ क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस