फिफा विश्वकप : स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फिफा विश्वकप : स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडे


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । फिफा विश्वकप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडेका छन्। आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।​

प्रतिस्पर्धात्मक खेलको ४० औं मिनेटमा एन्टोनी रुडिगरले जर्मनीका लागि गोल गरेका थिए। तर, भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता पाएन।

खेलको ६२ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८३ औं मिनेटमा निकलस फूलक्रुगले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरी ल्याए। यस बराबरीसँगै समूह ई बाट दुबै टोलीको नकआउट सम्भावना कायम रहेको छ। स्पेनले २ खेलमा ४ अंक जोडेको छ। स्पेन शीर्ष स्थानमा रहेको छ।

जर्मनी २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस