फिका विश्वकप: आज चार खेल हुँदै, को-को भिड्दै छन् ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फिका विश्वकप: आज चार खेल हुँदै, को-को भिड्दै छन् ?


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । फिफा विश्वकपमा आज (सोमबार) समूह ‘जी’ र ‘एच’का दुई-दुई खेल गरी चार खेलहरू हुँदै छन् ।

कतारको अल जनौब रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘जी’मा रहेको क्यामरूनले सर्बियाको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ ।

एजुकेसन सिटी रंगशालामा हुने दिनको दोस्रो खेलमा समूह ‘एच’को दक्षिण कोरियाले घानाविरुद्ध खेल्नेछ । खेल साँझ ६:४५ बजेदेखि सुरु हुनेछ ।

यसैगरी, राति ९:४५ बजेदेखि रंगशाला ९७४ सुरु हुने आजको तेस्रो खेलमा समूह ‘जी’मा रहेको ब्राजिलले स्विट्जरल्यान्डविरुद्ध खेल्नेछ ।

यस्तै, दिनको अन्तिम खेलमा राति १२:४५ बजे समूह ‘एच’को पोर्चुगलले उरुग्वेसँग खेल्नेछ । यो खेल कतारको लुसैल रंगशालामा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस