समानुपातिकमा ६ प्रदेशमा एमाले पहिलो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

समानुपातिकमा ६ प्रदेशमा एमाले पहिलो


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । समानुपातिकतर्फको जारी मत गणना अन्तिम चरणमा पुग्दा नेकपा एमाले प्रतिनिधि सभासहित ६ वटा प्रदेशमा पहिलो पार्टी बनेको छ । 

मधेस प्रदेशमा भने दोस्रो स्थानमा छ । प्रतिनिधिसभाको समानुपातिकको ८८ लाख मत गनिसक्दा नेकपा एमालेले २४ लाख २१ हजार मत कटाएर पहिलो पार्टी बनेको हो भने नेपाली काँग्रेस २३ लाख २ हजार मतसहित दोस्रो स्थानमा छ । 

त्यसैगरी प्रदेशतर्फको समानुपातिकको प्रदेश १ मा १४ लाख २० हजार मत गनिसक्दा ४ लाख ८९ हजार मत कटाएर पहिलो स्थान बनाएको छ । यो प्रदेशमा काँग्रेसले ४ लाख १८ हजार मत कटाएर एमालेलाई पछ्याइरहेको छ । 

मधेस प्रदेशमा भने काँग्रेसले अग्रता बनाएको छ । 

मधेस प्रदेशको समानुपातिकमा नेपाली काँग्रेसले २ लाख ८७ हजार मत कटाएर पहिलो स्थान बनाउँदा एमालेले २ लाख ४५ हजार कटाएर दोस्रो भएको हो । मधेस प्रदेश बाहेक एमाले अरू ६ वटा प्रदेशमा अरू पार्टीलाई उछिन्दै पहिलो स्थान बनाउन सफल भएको छ । 

बागमती प्रदेशमा १३ लाख १८ हजार मत गनिसक्दा एमाले ३ लाख ८६ हजार मतसहित अग्रता बनाएको हो । यहाँ काँग्रेस ३ लाख ३५ हजार मतसहित दोस्रो स्थानमा छ । त्यसैगरी गण्डकी प्रदेशमा पनि एमाले ३ लाख ४० हजार मतसहित पहिलो स्थानमा हुँदा काँग्रेस ३ लाख १७ मत ल्याएर एमालेलाई पछ्याउँदै छ । लुम्बिनी प्रदेशमा पनि एमालेकै अग्रता रहेको छ । यो प्रदेशमा एमाले ५ लाख २ हजार मतसहित अग्र पङ्क्तिमा हुँदा काँग्रेस ४ लाख ४१ हजार मतसहित दोस्रो स्थानमै रहेको छ । 

कर्णाली प्रदेशमा पनि समानुपातिकतर्फ एमाले नै अघि रहेको छ । यो प्रदेशमा १ लाख ८३ हजारसहित पहिलो बनेको एमालेलाई काँग्रेसले १ लाख ७० मतसहित पछ्याइरहेको छ ।  सुदूरपश्चिम प्रदेशमा पनि २ लाख ४० हजार मत कटाएर अग्रता बनाएको नेकपा एमालेलाई २ लाख २६ हजार मतसहित काँग्रेसले दोस्रो स्थान बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस