बढ्यो विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा उत्तीर्ण गर्नेको प्रतिशत  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बढ्यो विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा उत्तीर्ण गर्नेको प्रतिशत 


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ दर्ता प्रमाणपत्र (विशेषज्ञताको लाइसेन्स) परीक्षामा उत्तीर्ण हुनेको प्रतिशत बढेको छ । 

काउन्सिलको गएको शुक्रबार भएको २४औँ विशेष परीक्षामा ७४.१६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी ४७६ मध्ये ३५३ जना उत्तीर्ण भएका हुन् । काउन्सिलका अनुसार सो संख्या २३औँ परीक्षाको भन्दा ५.५६ प्रतिशतले बढी हो ।

Tags :
प्रतिक्रिया दिनुहोस