समानुपातिकमा एमालेले कटायो २१ लाख मत, दोस्रो स्थानमा काँग्रेस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समानुपातिकमा एमालेले कटायो २१ लाख मत, दोस्रो स्थानमा काँग्रेस


१० मंसिर २०७९, शनिबार


काठमाडौँ । प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिक तर्फ नेकपा एमालेले २१ लाख मत कटाएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको साँझ ६:२५ बजेसम्मको मत परिणाम अनुसार एमालेले २१ लाख ५ हजार ७४९ मत ल्याएको छ ।

दोस्रो स्थानमा नेपाली काँग्रेस रहेको छ । काँग्रेसले २० लाख २७ हजार ४१८ मत पाएको छ। नेकपा माओवादी केन्द्रले ८ लाख ९५ हजार ८६४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ६२ हजार ८९२ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ६० हजार ३०२ मत पाउँदा जनता समाजवादी पार्टीले २ लाख ४९ हजार ६२४ मत पाएको छ । नेकपा एकीकृत समाजवादीले १ लाख ९५ हजार ३४४ मत पाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस