प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, यस्तो भयो छलफल ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, यस्तो भयो छलफल !


१० मंसिर २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) उनीहरूबीच भएको भेटवार्तामा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको प्रचण्डकाे सचिवालयले जनाएको छ ।

सत्ता साझेदार काँग्रेस र माओवादी केन्द्रसहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्य के होला भन्ने कोणबाट हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस