औद्योगिक विकासका लागि सरकारले नीतिगत सुधार गर्नुपर्छ : विष्णुकुमार अग्रवाल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

औद्योगिक विकासका लागि सरकारले नीतिगत सुधार गर्नुपर्छ : विष्णुकुमार अग्रवाल


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नयाँ उद्योग खोल्ने र सञ्चालनमा रहेका उद्योग बचाउन सरकारले नीतिगत सुधार गर्नुपर्ने बताएका छन् ।

८औँ राष्ट्रिय उद्योग दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अग्रवालले अर्थतन्त्रमा समस्या देखिएको बेला उद्योगहरू झनै धराशायी भएको बताए ।

उद्योगहरूको उत्पादन लागत घटाउन, युवा उद्योगी जन्माउन र निर्यातमा प्रोत्साहन गर्न सरकारी नीति आउनुपर्ने अग्रवालले बताए । ‘औद्योगिक विकासका लागि सरकारले नीतिगत सुधार गर्नुपर्छ,’ अध्यक्ष अग्रवालले भने, ‘यसका लागि स्टार्टअप नीति, निर्यात अनुदान र उद्योगको उत्पादन लागत घटाउनु जरुरी छ ।’

परिसंघले स्वदेशी वस्तु उत्पादन र निर्यातमा काम गरिरहेको भन्दै उनले सरकारले त्यसलाई सहजीकरण गर्नुपर्नेमा जोड दिए । 

उद्योग खोल्न जग्गा पाउनै कठिन भएको र पाइको जग्गा पनि निकै महँगो हुँदा उद्योग स्थापना महँगो भएको अग्रवालको भनाइ छ । सरकारले घोषणा गरेको औद्योगिक क्षेत्रमा उद्योग बस्ने वातावरणका लागि काम हुनुपर्नेमा उनको जोड छ ।

Tags :
प्रतिक्रिया दिनुहोस