फिफा विश्वकप : ब्राजिलले सर्बियालाई २-० गोलअन्तरले हरायो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

फिफा विश्वकप : ब्राजिलले सर्बियालाई २-० गोलअन्तरले हरायो


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । पाँचपटकको विश्वकप च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा सर्बियालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान भएको खेलमा सर्बियालाई २-० गोलअन्तरले हराउँदै ब्राजिलले विजयी सुरुआत गरेको हो । ब्राजिलको जितमा दुवै गोल रिचार्लिसनले गरे ।

उनले खेलको ६२औँ मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७३औँ मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए । जितसँगै समूह ‘जी’ को ब्राजिलले पहिलो खेलमै तीन अङ्क जोडेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस