सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहन बस्नेत विजयी, एमालेका शेरबहादुर तामाङ पराजित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहन बस्नेत विजयी, एमालेका शेरबहादुर तामाङ पराजित


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका छन् ।

बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गरेका हुन् । कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए ।

सिन्धुपाल्चोक-२ मा कांग्रेसले पहिलो पटक जीत निकालेको हो । तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जितेका थिए ।

सिन्धुपाल्चोक-२ को प्रदेशसभा (१) मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा (२) मा कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस