कञ्चनपुर-३ बाट काँग्रेसका रमेश लेखक निर्वाचित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कञ्चनपुर-३ बाट काँग्रेसका रमेश लेखक निर्वाचित


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट लेखक १२ हजार मतान्तरसहित निर्वाचित भएका हुन् ।

उनले नेकपा एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्दै लेखक निर्वाचित भएका हुन् । लेखकले ३० हजार ५२३ मत पाउँदा पालले १८ हजार ४४८ मात्र मत पाइन् ।

२०७४ सालको निर्वाचनमा एमालेका दीपकप्रकाश भट्टसँग झिनो मत अन्तरले पराजित भएका लेखकलाई यसपटक भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले साथ दिएका थिए ।

काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका लेखक यसअघि २०५६ र २०७० सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस