सुनको मूल्य घट्यो, आज तोलामा कति ?  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ? 


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । 

अघिल्लो दिन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार भने ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । 

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले घटेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस