काठमाडौँ ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठ जित नजिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँ ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठ जित नजिक


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी जित नजिक पुगेको छ। निर्वाचन अधिकृत दीपक धितालका अनुसार अब यहाँ ६र७ हजारको हाराहारीमा मत गन्न बाँकी छ।

यति बेलासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले फराकिलो अग्रता कायम गरेका छन्। उनले आठ हजार २९० मत प्राप्त गरेका छन्। त्यस्तै, चुनाव चिह्न लौरो भएका हाम्रो नेपाली पार्टीका सुमन सायमीले पाँच हजार ५७९ मत ल्याएका छन्।

सुरुमा केही समय सायमीले अग्रता लिए पनि पछिल्लो चरणमा श्रेष्ठको अग्रता बढिरहेको छ। सामान्य अग्रता कायम रहँदा पनि श्रेष्ठ जितको सम्भावनाबाट नजिक छन्। त्यस्तै, एकीकृत समाजवादीको तीन हजार ८४०, एमालेको तीन हजार नौ र राप्रपाको दुई हजार १५० मत छ।

Tags :
प्रतिक्रिया दिनुहोस