काठमाडौँ-५ मा प्रदीप पौडेल २५३८ मतले अगाडि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँ-५ मा प्रदीप पौडेल २५३८ मतले अगाडि


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ–५ मा नेपाली काँग्रेसका प्रदीप पौडेलले एमाले उम्मेदवार ईश्वर पोखरेलसँगको मतान्तर २५३८ पुर्‍याएका छन् ।

मङ्गलवार दिउँसोसम्म २४ हजार ९०० मत गणना हुँदा पौडेलले ८ हजार २२० मत पाएका छन् भने एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले ५ हजार ६८२ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रणय शमशेर राणाले दुई हजार ९४५ र राप्रपाका रामप्रसाद उप्रेतीले एक हजार ७६० मत पाएका छन् । स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले २७१ मत पाएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस