मतदान प्रक्रियामा सहभागी भएकोमा देउवाद्वारा धन्यवाद ज्ञापन  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मतदान प्रक्रियामा सहभागी भएकोमा देउवाद्वारा धन्यवाद ज्ञापन 


४ मंसिर २०७९, आइतबार


Ser-Bahadur-Deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतदान प्रक्रियामा भाग लिएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । 

पार्टी मुख्यसचिव कृष्ण पौडेलको माध्यमबाट विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन् ।

साथै निर्वाचन सफल गराउन खटिएका कर्मचारी र सुरक्षा निकायका साथै राजनीतिक दल, संचारकर्मीलाईं पनि धन्यवाद दिएका छन् ।

सभापति देउवाले संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएको बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस