मतदान सकिएसँगै निर्वाचन आयोगले बोलायो पत्रकार सम्मेलन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मतदान सकिएसँगै निर्वाचन आयोगले बोलायो पत्रकार सम्मेलन


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले आइतबार राति ७:५० बजेका लागि पत्रकार सम्मेलन बोलाएको छ । आइतबार देशभर भएका प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान साँझ ५ बजे सकिएसँगै यसबारे विस्तृत जानकारी दिन आयोगले पत्रकार सम्मेलन बोलाएको हो । 

आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिएपनि मतदानस्थलभित्र पसेकाहरूले भने त्यसपछि पनि मत खसाल्न पाउने छन् ।

आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जनाएको छ । यद्यपि आशातीत मत भने खस्न नसकेको सरोकारवालाहरूले बताएका छन् । निर्वाचन पर्यवेक्षकहरूले यस पटकको निर्वाचनमा मतदाताहरू उत्साहित नदेखिएको प्रतिक्रिया दिएका हुन् । 

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि योग्य थिए । आयोगले तीमध्ये कति प्रतिशत मत खस्यो भन्नेबारे आधिकारिक जानकारी दिइसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस