बाजुराको त्रिवेणीमा गोली चल्दा ३ जना घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाजुराको त्रिवेणीमा गोली चल्दा ३ जना घाइते


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा ३ जना घाइते भएका छन् ।

मतदानका क्रममा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ घाइते भएका बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए ।

उनका अनुसार एक जनाको अवस्था गम्भीर छ भने घाइतेको पहिचान हुन सकेको छैन । घाइतेहरूको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी अस्पताल लगिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस