दाङमा बेलुका ७ बजेसम्म मतदान हुने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दाङमा बेलुका ७ बजेसम्म मतदान हुने


४ मंसिर २०७९, आइतबार


काठमाडौँ। दाङ क्षेत्र नम्बर ३ अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-१० पातु वनगाउँ मावि मतदान स्थलमा बेलुका सात बजेसम्म मतदान हुने भएको छ ।

‘ग’ मतदान केन्द्रमा ४५ जनाले मतदान गरिसकेपछि प्रतिनिधिसभामा मत नै नखसेको पत्ता लागेपछि मतदान रोकिएको थियो । त्यसपछि बुझ्ने क्रममा कर्मचारीहरूले प्रतिनिधिसभाको मतपत्र नदिएर प्रदेशसभाको मात्र दिएको पत्ता लागेको थियो ।

यही विवादका कारण केही घण्टा मतदान रोकिएकाले बेलुकासम्मै मतदानको समय तोकिएको हो । दाङ क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले प्राविधिक त्रुटिका कारण मतदानका लागि पूर्वनिर्धारित समयमा दुई घण्टा थप गरिएको बताए ।

निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस