उपत्यकामा साँझ ७ बजेपछि मात्रै सवारीसाधन चलाउन पाइने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उपत्यकामा साँझ ७ बजेपछि मात्रै सवारीसाधन चलाउन पाइने


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र आज साँझ ७ बजेपछि मात्र सवारीसाधन चलाउन पाइनेछ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले ७ बजेपछि सवारीसाधन चलाउन पाइने जानकारी दिए।

सरकारले प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार राति १२ बजेदेखि पासबिनाका सवारीसाधन चलाउनमा रोक लगाएको थियो। यतिखेर देशभर मतदान भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस