चुनाव चिन्ह नभएको मतपत्र भेटिएपछि रोकियो मतदान, कर्मचारी परिवर्तन गर्नुपर्ने माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चुनाव चिन्ह नभएको मतपत्र भेटिएपछि रोकियो मतदान, कर्मचारी परिवर्तन गर्नुपर्ने माग


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर नगरपालिका वडा नम्बर १४ स्थित बालसुबोधनी माविको मतदानस्थलमा चुनाव चिन्ह नभएको मतपत्र भेटिएपछि मतदान रोकिएको छ।

रूख र सूर्य चिन्ह नभएका मतपत्र भेटिएपछि मतदान रोकिएको हो।

१० जनाले मतदान गरिसकेपछि मतपत्र साटिएको थाहा भएको र मतदान रोकिएको बताइएको छ।

प्रतिनिधि सभाको मतपत्रको ठाउँमा प्रदेश सभाको मतपत्र राखिएपछि समस्या आएर मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए।

राजनीतिक दलले कर्मचारी परिवर्तन गर्नुपर्ने माग गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस