बाजुराका पाँच मतदानस्थलको मतदान स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाजुराका पाँच मतदानस्थलको मतदान स्थगित


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । बाजुराको ५ वटा मतदानस्थलको मतदान कार्य स्थगित भएको छ ।

मतदानस्थलमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुने अवस्था सिर्जना भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बुढीगंगा नगरपालिका,बुढीनन्दा नगरपालिका त्रिवेणी नगरपालिका र स्वामिकार्तिकमा रहेका ५ वटा मतदानस्थलको मतदान अहिले रोकिएको छ ।

विवाद उत्पन्न भएपछि केही मतदानस्थलमा सुरक्षाकर्मीले हवाई फायर गरेको थियो। अहिले अवस्था नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस