कसैको त्रासमा नपरी मतदान गर्नुस् : आयुक्त डा.तुलाधर  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कसैको त्रासमा नपरी मतदान गर्नुस् : आयुक्त डा.तुलाधर 


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदान गरेकी छन्।

आयुक्त डा.तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका-२ मा रहेको महेन्द्र मन्दिर मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन्।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचन आयुक्त डा.तुलाधरले मतदान गर्नका लागि ढुक्कसँग निर्वाचन केन्द्रमा जान आग्रह गरिन्।

उनले सुरक्षा व्यवस्थालाई पनि चुस्त बनाइएकाले कोही पनि त्रास, धम्कीमा नपरी आफ्नो अधिकारको प्रयोग गर्न पनि सबैलाई आग्रह गरिन्।

Tags :
प्रतिक्रिया दिनुहोस