प्रहरीले रोक्यो उपत्यकामा १४ सय ३६ वटा सवारी साधन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रहरीले रोक्यो उपत्यकामा १४ सय ३६ वटा सवारी साधन


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रहरीले पास बिना चलाएका सवारी साधनलाई रोकेको छ । आइतबार बिहान ४ बजेबाट मध्यान्ह १ बजेसम्ममा १ हजार ४३६ सवारी साधनलाई होल्ड गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए ।

सवारी पास बिना सञ्चालन गरिएका सवारीमा १३ सय ४९ वटा दुईपांग्रे र ८७ वटा चारपांग्रे सवारी छन् । नियन्त्रणमा लिएर राखिएका सवारी साधनलाई निर्वाचन सम्पन्न भएपछि साँझ ७ बजे सम्बन्धित धनीलाई जिम्मा लगाइने एसएसपी भट्टले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस