कर्मचारी सरुवा गरेको भन्दै स्वास्थ्यमन्त्रीलाई जरिवाना, स्वास्थ्य सचिवलाई विभागीय कारबाही « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कर्मचारी सरुवा गरेको भन्दै स्वास्थ्यमन्त्रीलाई जरिवाना, स्वास्थ्य सचिवलाई विभागीय कारबाही


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । निर्वाचन आयोगले स्वास्थ्य मन्त्री भवानी खापुङलाई कारबाही गरेको छ । 

आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा गरेको कसूरमा कारबाही स्वरूप ५ हजार जरिवाना गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रशासनलाई बताए।  

यसैगरी आयोगले स्वास्थ्य सचिवलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको प्रवक्ता अर्यालले बताए।  

Tags :
प्रतिक्रिया दिनुहोस