एक मतदानस्थल जहाँ कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एक मतदानस्थल जहाँ कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला खटिएका छन् । गुलरिया नगरपालिका-८ महाकवि देवकोटा माविमा महिला मात्रै कार्यरत रहेको नमूना मतदान केन्द्रका मतदान अधिकृत रेविका अमात्यले जानकारी दिइन्। 

मतदान केन्द्र र स्थलमा गरी अधिकृतसहित २४ कर्मचारी र सुरक्षाका लागि १४ महिला सुरक्षाकर्मी खटिएको उनले बताइन् । जिल्लामा करिब तीन हजार पाँच सय सुरक्षाकर्मी र झन्डै तीन हजार कर्मचारी खटिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको भनाइ छ । 

जिल्लामा कूल तीन लाख १५ हजार दुई सय ८४ मतदाता छन् । जिल्लामा एक सय ५४ मतदानस्थल र तीन सय ७६ मतदान केन्द्र छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस