लमजुङका ३० मतदान केन्द्रमा महिला अधिकृत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लमजुङका ३० मतदान केन्द्रमा महिला अधिकृत


३ मंसिर २०७९, शनिबार


लमजुङ । आइतबार हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा लमजुङका ३० वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् ।

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले अधिकृत छैटौँ तहदेखि उपसचिव स्तरका निजामती कर्मचारी र मावि द्वितीय र तृतीय श्रेणीका शिक्षकलाई मतदान अधिकृतमा खटाएको छ ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार सहायक मतदान अधिकृतमा नायव सुब्बादेखि अधिकृत तहका कर्मचारी र शिक्षकलाई खटाएको छ ।

सहायक मतदान अधिकृतमा ५८ जना महिलालाई खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालय अस्थायी मतदान केन्द्रसहित १ सय ८८ वटा मतदान केन्द्र छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले करिब १६ प्रतिशत महिला मतदान अधिकृत र करिब ३१ प्रतिशत महिला सहायक मतदान अधिकृत खटाएको जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृत महिलालाई सदरमुकाम बेंसीसहर र वरपर बढी खटाएको छ । बढी मात्रामा नगरपालिकाका मतदान केन्द्रमा खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस