नेपाल टी-ट्वान्टी लिग मंसिर २६ गतेबाट (खेल तालिकासहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल टी-ट्वान्टी लिग मंसिर २६ गतेबाट (खेल तालिकासहित)


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल टी-ट्वान्टी लिगको खेल तालिकाका सार्वजनिक गरेको छ । क्यानले मंसिर २६ गतेदेखि प्रतियोगिता सुरु हुने बताएको छ । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेर्जसले प्रतिस्पर्धा गर्नेछन् । 

सोही दिन हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडले प्रतिस्पर्धा गर्नेछ ।  त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको फाइनल खेल पुस १६ गते हुनेछ । यसअघि कात्तिकमा हुने भनिएको प्रतियोगिता सुरक्षाका कारण सारिएको थियो । 

प्रतियोगितामा ६ टोलीहरूको सहभागिता रहनेछ । होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी-भैरहवा र फार वेस्टर्न टिमको सहभागिता रहनेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस