देशभर ९०३ बम डिस्पोजल टिम खटिसके, आवश्यकताअनुसार थप्छौ : गृह सचिव सिंह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

देशभर ९०३ बम डिस्पोजल टिम खटिसके, आवश्यकताअनुसार थप्छौ : गृह सचिव सिंह


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । निर्वाचन सुरक्षाअन्तर्गत नेपाली सेनाले नौ सय ती वटा बम डिस्पोजल टिम खटाएको छ। 

मतदानको दिन नजिकिँदै गर्दा चुनावविरोधी समूहले विस्फोटक तथा शङ्कास्पद वस्तु राखेर तर्साउने प्रयास गरेपछि सेनाले देशैभरि यसका लागि विशेष टोली खटाएको हो। 

शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहसचिव विनोद प्रकाश सिंहले नौ सय तीन वटा बम डिस्पोजल टिम खटिसकेको र आवश्यकताअनुसार एक हजार ५० हजार वटासम्म यस्ता टोली खटाइने जानकारी दिए। 

केही दिन यता राजधानीलगायत विभिन्न ठाउँमा शङ्कास्पद वस्तु भेटिएका छन्। त्यस्ता वस्तु तत्कालै डिस्पोजल गर्न नेपाली सेनालाई जिम्मा दिइएको छ। 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना तर्जुमा गरी सुरक्षाकर्मी परिचालन गरिएको गृह सचिव सिंहले बताए। पछिल्लो समय केही समूहले चुनाव विरोधी गतिविधि गरिरहेकोमा त्यस्ता गतिविधि सह्य नहुने र कडा रूपमा प्रहरी प्रशासन प्रस्तुत हुने उनले बताए। 

निर्वाचनमा दुई लाख ९८ हजार पाँच सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस