पोखरामा आन्तरिक उडान प्रभावित हुने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पोखरामा आन्तरिक उडान प्रभावित हुने


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने क्यालिब्रेसन उडानका कारण पोखराको पुरानो विमानस्थलबाट भइरहेको आन्तरिक उडान प्रभावित हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षणका लागि आगामी सोमबारदेखि क्यालिब्रेसन गर्दैछ ।

यसका लागि एरोथाई कम्पनीको विशेष जहाज नेपाल आइसकेको छ । निर्वाचनको भोलिपल्ट देखि १२ गतेसम्म विमानस्थलमा यान्त्रिक परीक्षणका लागि विशेष जहाजले कैयौँ पटक उडान तथा अवतरण गर्ने छ । सो क्रममा नियमित उडानहरू भने प्रभावित हुने छन् ।

वायुसेवा कम्पनीहरूले यस अवधिमा उडानमा असर पर्ने भन्दै यात्रुलाई सूचित गराएका छन् । यति एयरलाइन्सले एक सूचना प्रकाशित गर्दै क्यालिब्रेसन उडानका कारण आफ्नो नियमित उडान एक सातासम्म प्रभावित हुने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस