त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गर्ने पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गर्ने पक्राउ


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौँ त्रिवि क्रिकेट मैदानबाटै केही दर्शकलाई पक्राउ गरेको छ ।

नेपाल र युएईबीचको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा पक्राउ गरिएको र यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनीहरुलाई पक्रेको हो ।

क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि ३ सेकेन्ड ढिला हुँदा उनीहरुले त्यसको फाइदा लिन मैदानमा नै बसेर बल टु बल एपको माध्यमबाट सट्टेबाजी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

ब्युरोका निर्देशक उत्तम सुवेदीले भने, ‘पक्राउ पर्ने धेरै छन् । संलग्नताबारे अनुसन्धान गरेर निर्दोष देखिएकालाई छाडिने छ ।’

पक्राउ पर्नेको साथबाट मोबाइल र नगद बरामद भएको प्रहरीले जनाएको छ । पहिलो खेलबाट नै शंकास्पद देखिएका अनुहारहरुलाई निगरानीमा राखिएको र आज शुक्रबार पक्रउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस