ललितपुरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ललितपुरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । ललितपुरको स्टाफ कलेज नजिक भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सत्ता गठबन्धनको सम्पर्क कार्यालयमा आज बिहान भेटिएको बमजस्तो देखिने वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको हो ।

तार जोडिएको प्रेसर कुकरमा ‘निर्वाचन बहिस्कार’ लेखिएको थियो । उक्त वस्तु तर्साउनका लागि राखिएको र नेपाली सेनाको निष्कृय पारिसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए ।

उक्त वस्तु निर्वाचन बहिस्कार गर्न सक्रिय समूहहरूले राखेको प्रहरीको निष्कर्ष छ । यसअघि गृह मन्त्रालयले नेत्रविक्रम चन्द विप्लव सहितका साना–ठुला २५ समूह निर्वाचन बहिस्कारमा सक्रिय रहेको निष्कर्ष निकालेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस