माओवादीले गर्‍यो प्रदेश कमिटी सदस्य यादवलाई पार्टीबाट निष्कासन « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

माओवादीले गर्‍यो प्रदेश कमिटी सदस्य यादवलाई पार्टीबाट निष्कासन


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले मधेस प्रदेश कमिटी सदस्य शिव पुजन यादवलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । 

माओवादी केन्द्र मधेस प्रदेशका इन्चार्ज गणेश साहले बिहीबार विज्ञप्ति जारी गर्दै यादवलाई पार्टीको सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएका हुन् ।

यादवले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका उम्मेदवारको चुनावी प्रचारमा गएको र पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएकाले पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस