रवि लामिछानेको आमसभामा दीपाश्रीदेखि किरण केसीसम्म, रविलाई भोट दिन आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रवि लामिछानेको आमसभामा दीपाश्रीदेखि किरण केसीसम्म, रविलाई भोट दिन आग्रह


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । चुनाव प्रचारप्रसारको अन्तिम दिन बिहीबार राजनीतिक दल र उम्मेदवारले देशव्यापी आमसभा गरिरहेका छन् ।

काठमाडौँदेखि जिल्ला जिल्लामा चुनावी कार्यक्रम हुँदै छन् । दलका आमसभामा कलाकारको समेत सहभागिता देखिएको छ ।

काठमाडौँको कोटेश्वरमा भएको सत्तारुढ गठबन्धनको आमसभामा शीर्ष नेताहरूसहित पार्टी निकट केही कलाकार पनि सहभागी भएका छन् । केही कलाकारले नाचगान समेत प्रस्तुत गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको नारायणी नदी किनारमा आमसभा गरेको छ । जहाँ कलाकारहरू दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती, रचना रिमाल, किरण केसीलगायत सहभागी भएका छन् ।

चितवनतर्फ जाँदै अभिनेता शर्माले लेखेका छन्, ‘परिवर्तनका लागि घण्टी बजाउन हामी चितवन ओर्लिएका छौँ । यसपालि भोट युवाहरूलाई ।’

Tags :
प्रतिक्रिया दिनुहोस