मैत्रीपूर्ण खेलमा पोल्याण्डले चिलीलाई हरायो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मैत्रीपूर्ण खेलमा पोल्याण्डले चिलीलाई हरायो


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । मैत्रीपूर्ण खेलमा पोल्याण्डले चिलीलाई हराएको छ ।

फिफा विश्वकप अघिको मैत्रीपूर्णमा पोल्याण्डले चिलीलाई १-० ले हराएको हो । पोल्याण्डको जितमा क्रेजोस्टोफ पियाटेकले निर्णायक गोल गरे ।

उनले खेलको ८५ औं मिनेटमा गोल गरेका हुन् । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । विश्वकपमा पोल्याण्ड समूह ‘सी’ मा रहेको छ । यस समूहमा अर्जेन्टिना, मेक्सिको र साउदी अरेबिया रहेको छ ।

पोल्याण्डले नोभेम्बर २२ मा मेक्सिकोविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस