नेपालगन्जमा विस्फोट हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालगन्जमा विस्फोट हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेपालगन्जस्थित एक घरमा आज साँझ विस्फोट हुँदा दुई जना घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका-१० भृकुटीनगरस्थित विभाकरविक्रम मल्लको घरमा विस्फोट भएको हो । 

विस्फोटबाट सोही घरमा डेरा गरी बस्ने सल्यानको बाघचौर नगरपालिका-२ घर भएका डिल्लीबहादुर डिसी र कैलालीको घोडाघोडी नगरपालिका-१ घर भएका ३३ वर्षीय धनबहादुर सुनार घाइते भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । 

डिसी र सुनारले निर्वाचनलाई लक्षित गरी डेरामा बम भण्डारण गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनीहरू दुवै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको खुलेको प्रहरीले जनाएको छ । 

घाइतेमध्ये सुनारको अवस्था चिन्ताजनक रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनीहरूको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस