जसपाद्वारा सिके राउत नेतृत्वको जनमतलाई कारबाही गर्न माग « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

जसपाद्वारा सिके राउत नेतृत्वको जनमतलाई कारबाही गर्न माग


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पाटीले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने काम गरेको भन्दै जनता समाजवादी पार्टीले सो पार्टीलाई कारबाही गर्न माग गरेको छ ।

टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा जनमत पार्टीका कार्यकर्ताहरूले भ्रम फैलाई मतदातालाई भ्रमित गर्ने कार्य गरिरहेको भन्दै कारबाहीको माग गरिएको जसपा नेपाल सप्तरीका अध्यक्ष केदार यादवले बताए ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले बोलेको भिडियालाई बिगारेर नक्कली आवाज राखेर जनतालाई भ्रम फैलाउने काम गरेको भन्दै कारबाहीको माग गरिएको उनले बताए ।

चुनावी अभियानमा रहेको अवस्थामा सिके राउतका कार्यकर्ताहरूले निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू गरेको भन्दै उनले जसपाका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीलाई समर्थन गरेको जस्ता भ्रमपूर्ण कार्यहरू गरिरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस