गृहमन्त्री खाँणविरुद्ध परेको बहुविवाहको उजुरी तामेलीमा राख्ने निर्णय « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

गृहमन्त्री खाँणविरुद्ध परेको बहुविवाहको उजुरी तामेलीमा राख्ने निर्णय


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध परेको उजुरी तामेलीमा राख्ने निर्णय गरेको छ।

गृहमन्त्री खाँणविरुद्ध आयोगमा बहुविवाह गरेको भन्दै उजुरी परेको थियो। नेपाली काँग्रेसका तर्फबाट रुपन्देही-३ मा प्रतिनिधि सभाका उम्मेदवार रहेका खाँणविरुद्ध बहुविवाह गरेको भन्दै उजुरी परेको थियो।

आयोगले उजुरी तथ्यपरक नभएको र क्षेत्राधिकार बाहिर रहेको भन्दै तामेलीमा राखेको जनाएको छ। बहुविवाहको मुद्दा गृह मन्त्रालय अन्तर्गत पर्ने जनाउँदै तामेलीमा राख्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ।

गृहमन्त्री खाँणका दुई वटा श्रीमती दिलमाया खाँण र मञ्जु खाँण रहेको भन्दै आयोगमा बहुविवाहको उजुरी परेको थियो। खाँणले उम्मेदवारी दर्ता गर्दा दिलमायाको नाम उल्लेख गरेका थिए।

मञ्जु खाँण भने काँग्रेसबाट समानुपातिक उम्मेदवार बनेकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस