विश्वप्रकाशविरुद्धको उजुरी तामेलीमा « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

विश्वप्रकाशविरुद्धको उजुरी तामेलीमा


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का उम्मेदवार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राखेको छ ।

निर्वाचनको बेला अग्नि पीडितलाई आर्थिक सहयोग गरेको र यो निर्वाचन आचारसंहिता विपरीत भएको भन्ने आरोप शर्मामाथि लागेको थियो । तर उक्त आरोप पुष्टि हुन नसकेको भन्दै आयोगले तामेलीमा राख्ने निर्णय गरेको हो ।

शर्माले आगलागी पीडित केबल निरौला र उनका बुवालाई २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । त्यसबारे आयोगले स्पष्टीकरण सोधेको थियो ।

शर्माले गत जेठ ६ गते पीडितलाई ११ हजार रुपैयाँ सहयोग गरेको र त्यसकै निरन्तरता स्वरूप अमेरिकाबाट सङ्कलित थप २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको बताएका थिए । साथै उनले उक्त सहयोग विपद्कालीन सेवा र निर्वाचन घोषणा पूर्वदेखिकै कामको निरन्तरता अन्तरगत भएको भन्दै स्पष्टीकरण पेस गरेका थिए ।

त्यसैको आधारमा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन नभएको निष्कर्ष निकालेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस