रुसद्वारा युक्रेनका प्रमुख शहरमा पुन: आक्रमण « प्रशासन
Logo १६ आश्विन २०८०, मंगलबार
   

रुसद्वारा युक्रेनका प्रमुख शहरमा पुन: आक्रमण


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । जी-२० सम्मेलन चलिरहँदा रुसले युक्रेनको राजधानी किभ, लविभ र खार्किभ शहरमा आक्रमण गरेको छ।

किभमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। यहाँ दुईवटा भवनहरू क्षतिग्रस्त भएको बताइएको छ। युक्रेनी अधिकारीका अनुसार रुसले सबैभन्दा पहिले किभमा विस्फोट गराएको थियो।

त्यसपछि पश्चिमी शहर लविभ हुँदै उत्तरपूर्वी सहर खार्किभमा रुसले हमला गरेको थियो । उत्तरी शहर जाइटोमिरमा पनि आक्रमण भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । युक्रेनको रक्षा मन्त्रालयका सल्लाहकारले रुसले करिब ७० मिसाइल प्रहार गरेको दाबी गरेका छन्।

विश्व नेताहरू अहिले इण्डोनेसियाको बालीमा जी-२० शिखर सम्मेलनका लागि भेला भएका छन्। उनीहरूले युक्रेनमा भएको आक्रमणको निन्दा गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस