बागमती नदीमा युवकको शव फेला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बागमती नदीमा युवकको शव फेला


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका-८ गुहेश्वरी मन्दिर नजिकै बागमतीमा युवकको शव भेटिएको छ । करिब २५ वर्षका पुरुष मंगलबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

मृतकको पहिचान खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस