प्रमुख दलका शीर्ष नेतालाई भोट नदिन डा.केसीको आह्वान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रमुख दलका शीर्ष नेतालाई भोट नदिन डा.केसीको आह्वान


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । डा. गोविन्द केसीले प्रमुख दलका शीर्ष नेतालाई भोट नदिन आह्वान गरेका छन् । 

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै डा.केसीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेतालाई भोट नदिन आग्रह गरेका हुन् । उनले शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टिकरण र अपराधीकरण गरेको आरोप लगाए ।

शीर्ष नेताहरुले भ्रष्टाचार, अपराध, अक्षमता र तानासाही प्रवृत्ति भएकालाई चुनावमा उम्मेदवार बनाएर इमानदारिताको राजनीति गर्नेलाई पाखा लगाएको पनि उनको भनाई छ ।

उनले नेपाली जनताहरू नेतृत्वबाट ठगिएका बताए । नेपालमा भ्रष्टाचार र लुटतन्त्र संस्थागत भएर चरम सीमामा पुगेका कारण आर्थिक प्रगति हुन नसकेको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस