जनतालाई झुट्टा आश्वासन दिँदैनौँ : श्रममन्त्री कुँवर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनतालाई झुट्टा आश्वासन दिँदैनौँ : श्रममन्त्री कुँवर


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जनतालाई झुट्टा आश्वासन नदिने र गर्न सकिने कुरा मात्रै बोल्ने गरेकाले जनताको बलियो साथ रहेको बताएका छन् । 

अछामको साँफेबगरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अछाम क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मन्त्री कुँवरले आफू निष्ठा र इमान्दारीताको राजनीति गर्ने बताएकाले अछामी जनताको बलियो साथ रहेको बताएका हुन् ।

उनले इमानदारिताको राजनीति स्थापित गर्न सत्ता गठबन्धनका उम्मेदवारलाई बहुमतले विजयी गराउन आग्रह गरे । मन्त्री कुँवरले अछामको दिगो विकासका लागि सत्ता गठबन्धनका स्वच्छ छवि भएका इमानदार उम्मेदवारहरूलाई मंसिर ४ गते मतदान गर्न अनुरोध पनि गरे । अछामका जनताकै साथले आफू राजनीतिमा रहेको बताउँदै उनले संविधानको रक्षा गर्दै विकास र सम्बृद्धिका लागि सत्ता गठबन्धन बनेको बताए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री गोविन्द बन्दीले यस पटकको चुनाव चुनाव मात्रै नभई नेपालको अग्रगामी परिवर्तन, संविधानको रक्षा र लोकतन्त्रको विकासका लागि भएको बताए । उनले गठबन्धनका उम्मेदवारप्रति अछामका जनताको ठुलो साथ समर्थन रहेकाले विजयी सुनिश्चितता रहेको बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस