भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्त गरेका छन् । 

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले उनलाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले खड्कालाई हटाएको जानकारीसहित प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले सार्वजनिक गरेको सूचनामा भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै सम्हाल्ने उल्लेख छ ।

गण्डकी प्रदेश सभा क्षेत्र नम्बर २ को ९ख० मा टिकटको आकाङ्क्षी रहेका खड्काले टिकट भने पाएनन् । सो यो क्षेत्रमा काँग्रेसबाट कानुनमन्त्रीसमेत रहेका विन्दुकुमार थापा उम्मेदवार छन् । खड्काले थापालाई हराउन लागेको आरोप लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस