स्थिर समयमा प्रचारप्रसार गरे कारबाही गर्छौ : निर्वाचन आयोग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्थिर समयमा प्रचारप्रसार गरे कारबाही गर्छौ : निर्वाचन आयोग


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले मतदान हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने बताएको छ ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाइने भन्दै उम्मेदवार र कार्यकर्ताहरूलाई यस बारेमा सचेत गराएको हो ।

निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताए । उनले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको तर यस वर्ष भने मौन अवधि नरहेकाले र यस समयलाई स्थिर समयको रूपमा प्रयोग गर्नुपर्ने बताए ।

उनले मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरू निषेध हुने बताए । उनले कुनै पनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी दिए ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आसन्न मंसिर ४ गते एकै चरणमा हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस