चुनावी सभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड पुनः कर्णाली जाँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चुनावी सभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड पुनः कर्णाली जाँदै


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः कर्णालीमा जाने भएका छन् । सुर्खेत र दैलेखमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड जाने भएका हुन् ।

आज(मङ्गलवार) काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र सुर्खेत निर्वाचन क्षेत्र- १ को गुर्भाकोट नगरपालिकाको खैरेनीको भेरी किनार र दैलेखको दुल्लुमा आयोजना हुने चुनावी सभालाई दुवै नेताहरुले सम्बोधन गर्ने गठबन्धन दलका नेताहरुले बताएका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका खैरनीको भेरी किनारमा हुने चुनावी सभालाई दिउँसो १२ बजे, दैलेखको दुल्लु नगरपालिकामा आयोजना हुने चुनावी सभालाई दिउँसो २ बजे देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका स्वकीय सचिव गौतम बिसीले जानकारी दिए । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काले हुम्ला, जुम्ला, कालिकोटमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस