पानी ट्यांकरमा ठोक्किँदा मोटरसाइकल ​चालकको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पानी ट्यांकरमा ठोक्किँदा मोटरसाइकल ​चालकको मृत्यु


२९ कार्तिक २०७९, मंगलबार


भक्तपुर । भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

बागमती प्रदेश०२-०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

मोटरसाइकलमा सवार झापा घर भई हाल मध्यपुरथिमि-३ बस्ने २३ वर्षीय अमनल साहको इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । प्रहरीले दुर्घटना भएका दुवै सवारीसाधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने २८ वर्षीय प्रवीण सुवारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस